Wednesday, May 4, 2022

जनताको आशिर्वाद लिन वडाअध्यक्ष उमेदवार भोला साह घरदैलोमा




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २१

     डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट वडा अध्यक्ष पदका उमेदवार भोला साह सोनारले आफ्नो घरदैलो कार्यक्रम तीव्र पारेको छ । 

   साह आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर २ को वडाअध्यक्ष पदमा जनमत पार्टीबाट उमेदवार बन्नुभएको छ।साह अहिले आफ्ना पाइनलका वडा सदस्य तथा समर्थकहरुको साथमा मलंगवाको वडा न-२मा बसोबास गर्ने स्थानीयबासीहरुको घरदैलोमा पुगेर  भारी बहुमतले बिजयी गराउन लाउडस्पिकर(हर्न) छापमा मतदान गर्न भनि जनतासँग अनुरोध गरिरहेका छन्।

   पार्टीले पनि वडाको समुचित विकास तथा वडामा सुशासन कायम गर्नको लागि वडाअध्यक्ष पदका उमेदवार भोला साह सोनार सहित उनका सम्पुर्ण प्यानललाई जिताउन मतदाताहरु सँग अपिल गरेका छन्।

    वडाको समुचित विकासका लागि नाला,रोड,स्वास्थ्य र शिक्षामा सुधार,विद्यालयमा सुधार,बिजुली तथा खानेपानीमा सुधार, कृषिमा सुधार र न्यायिक स्वच्छता अती आवश्यक रहेकोले यसका लागि जनमत पार्टी जित्नुको विकल्प नरहेको साहले बताए।

    एकपटक आफुलाई जिताएर सेवा गर्ने मौका दिए जनताको म प्रतिको आशा र भरोसा नतोड्ने साहले प्रतिबद्धता व्यक्त गरे।


No comments:

Post a Comment