लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख १८
मलंगवा नगरपालिका वडा न-८ को वडाअध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट चुनाव लडेका ईश्वरी श्रेष्ठले आफ्नो प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ ।उनले आज(आइतवार)देखि आफ्ना पाइनलका वडा सदस्य तथा समर्थकहरुको साथमा वडा न-८ का जनताहरुको घर घरमा पुगेर घरदैलो कार्यक्रमको शुभारम्भ गरेको छ। वडाअध्यक्ष उमेदवार श्रेष्ठ सहित दलित महिला सदस्य पदका उमेदवार संगिता परियार,महिला सदस्य मिरा रानी,रबिता यादव(पति उदय यादव) र बिनोद कुमार गुप्ता लगायत नेपाली काँग्रेसमा आबद्ध कार्यकर्ता तथा स्थानीयबासीहरु मलंगवा नपा वडा न-८ का टोल तथा घरहरुमा पुगेर स्थानीय जनताहरु सँग भेटघाट गरि रहेका छन् ।

No comments:
Post a Comment