Thursday, May 5, 2022

मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम सुरु




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २२

   स्थानीय तह सदस्य निर्वाचन २०७९ को लागि सर्लाही जिल्लास्थित मतदानकेन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको एक दिने तालिम सदरमुकाम मलंगवामा सुरु भएको छ। जिल्लाका ९ वटा नगरपालिका र ११ वटा गाउँपालिकामा खटिने १२ सय  मतदान अधिकृत र  सहायक मतदान अधिकृतहरुको तालिम बिहीबारदेखि सुरु भएको हो।

  तालिममा सहभागीहरु मध्ये बिहीबार ६०० जनालाई र दोस्रो दिन शुक्रबार पनि ६०० जनालाई प्रशिक्षण दिइएको जिल्ला   निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

  तालिमा सहभागी भएका कर्मचारीहरुको संख्या धेरै भएकोले दुबैदिन ३-३ सयको समूह बनाएर एक समूहलाई मलंगवा नपा-८ स्थित कुशुम पार्टी पैलेस र अर्को समूहलाई वडा न-१० स्थित जानकी पार्टी पैलेसमा प्रशिक्षण दिएको प्रमुख भुजेलले जानकारी दिए।

No comments:

Post a Comment