Wednesday, May 11, 2022

मलंगवामा प्रेम साधना शिविर चल्दै

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २८  

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित सप्ताह व्यापी श्रीमद्भागवत कथा तथा प्रेम साधना शिविर भव्यताका साथ चल्दै छ।

   बैशाख २५ गते आइतवार देखि शुरु भएको श्रीमद्भागवत कथा तथा प्रेम साधना शिविरमा कथा सुन्न भक्तजनहरुको उल्लेखनीय  भिड लागेको छ । उक्त शिविरमा पंडित हरिशरण बाल व्यासको मुखर बिन्दुबाट कथा वाचन भइरहेको छ ।उहाँलाई भारतको वृन्दाबन र मथुराबाट आएका साधकहरुले साथ दिइरहेको भक्त एवं मलंगवा-१० स्थित स्तुति सौम्या हेल्थ केयर हस्पिटलका डाक्टर गुणेश्वर झाले जानकारी दिएको छ।


   कार्यक्रम तालिका अनुसार भक्तजनहरुको सहभागीतामा  प्रत्येक दिन बिहान ७ बजेेदेखि पुजा,भगवतपरायण र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म  कथा,प्रवचन भइरहेको आयोजक लालकृष्ण झा दम्पतीले जनाएको छ।

 

  

No comments:

Post a Comment