Monday, May 16, 2022

सर्लाहीको हरिपुर र धनकौलमा नेपाली काँग्रेसको जित

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ २ 

    सोमबार बिहान सर्लाहीको घनकौल गाउँपालिकामा नेपाली काँग्रेसको पुरै प्यानलको जित भएको केही घण्टा नबित्दै हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित भएको छ ।  

   घनकौलको  प्रमुखमा राम आश्रय साह र उपप्रमुखमा अकलि देवी सहनी निर्वाचित भएका छन् भने हरिपुर नगरपालिकाको नगरप्रमुखमा  नेपाली काँग्रेसबाट गोपाल पंजियार र निलम राय विजयी भएका छन् ।पंजियारले ६९३८ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३८८६ मत प्राप्त गर्नुभएको छ ।

   त्यस्तै उपप्रमुखमा रायले ५५५२ मत प्राप्त गर्नुभएको छ  भने उहाँको निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उमेदवार शिला कार्कीले ४०७६ मत प्राप्त गर्नुभएको छ । 

  ९ वटा वडाहरु रहेको हरिपुर नगरपालिकामा वडा न-१र ३ मा माओवादी, वडा न- २ र ४ मा एमाले,वडा न- ५,६ र ७ मा काँग्रेस तथा वडा न- ८ र ९ मा एकीकृत समाजवादीका वडाअध्यक्षहरु विजयी भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जनाएको छ।

    यो सँगै सर्लाहीको २० वटा पालिकाहरु मध्ये दुई पालिकाको मतपरिणाम अनुसार नेपाली कांग्रेस २ स्थानमा जितेको छ ।


No comments:

Post a Comment