Friday, May 13, 2022

सर्लाहीमा मतदातालाई मतदान गर्न सिकाएकाे भन्दै मतदान अधिकृत प्रहरीको नियन्त्रणमा

 

मनोज यादव---   

सर्लाही,बैशाख ३०

   सर्लाहीको बलरा नगरपालिकामा मतदातालाई मतदान गर्न सिकाउँदै गरेको एकजना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    बलरा नगरपालिका वडा न-३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशाेर साहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हो । मतदान अधिकृत साहलाई मतदाताहरुलाई चुनाव चिन्ह  देखाएर मतदान गर्न सिकाएको भन्दै नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    मतदान अधिकृत साहलाई नियन्त्रणमा लिएपछि त्यहाँको मतदान अवरुद्द भएकाे बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिएको छ।


No comments:

Post a Comment