Thursday, May 12, 2022

सर्लाहीमा देखा पर्यो बर्डफ्लु,३ सयभन्दा बढी हाँसहरु मरे

 









लोकतन्त्र समाचारदाता ----

सर्लाही,बैशाख २९

    सर्लाहीको एक हाँस फार्ममा बर्डफ्लु देखापरेको छ। 

   जिल्लाको गोडैता नगरपालिका वडा न-५ स्थित बकैनिया जाने बाटो छेउमा रहेको जे.के पशुपालन तथा पोल्ट्री फार्ममा पालिएका ५ सय ५० वटा हाँसहरु मध्ये ३ सय ८२ वटा हाँसहरु बर्डफ्लुका कारण मरिसकेको स्थलगत अवलोकनका लागि खटिएको पशु सेवा विभागको टोलीले जानकारी दिएको छ। सूचना पाएपछि स्थलगत अनुगमनका लागि खटिएको उक्त टोली आज (विहिबार) बिहानदेखि   फार्म हाउस तथा छेउको गाउँमा स्थलगत अवलोकन गरिरहेको छ। 

  हाल फार्म हाउसमा १६८ वटा जिउँदो हाँस रहेको  विभागका डा. विजय चौधरीले जानकारी दिए । 

  बर्डफ्लु देखिएपछि विभागले राष्ट्रिय पशु प्रजनन् केन्द्र लाहानका पशु चिकित्सक चौधरी सहितको टिमलाई विहिबार गोडैता पठाएको छ ।

    उक्त फार्म हाउसमा पहिलो पटक वैशाख १८ गते हाँस मर्न सूरु गरेको र २३ गते विज्ञ केन्द्र मलंगवामा फार्म हाउसका संचालकले सम्पर्क गरेको बताइएको छ । वैशाख २५ गते हाँसको नमूना परीक्षणका लागि भरतपुर पठाईएको र त्यहाँबाट फेरि काठमाडौंमा पनि परीक्षण गर्दा वैशाख २७ गते बर्ड फ्लू पुष्टि भएको जनाइएको छ।


No comments:

Post a Comment