Sunday, May 15, 2022

मलंगवा नगरपालिका-२ का जनताले वडाअध्यक्षको रुपमा पाए युवा नेता धिरेन्द्र साह




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेष्ठ १

   मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२मा एमालेका उमेदवार धिरेन्द्र साह विजयी भएका छन् । उनले  ८ सय ६४  मत पाएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जसपाका उमेदवारलाई ६ सय ५६  मतको अन्तरले जितेका छन् । निकटतम प्रतिद्वन्द्वी जसपाका उमेदवारले २ सय ८ मत पाएका छन् ।

   उनी आफ्ना प्यानलसहित विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। 

  साह युवाहरु माझ चर्चित छन्।मतगणनाको क्रममा उनको अवस्था वडाका अन्य उमेदवारहरु भन्दा धेरै राम्रो रहेको थियो। 

   साहले यो जित मेरो मात्र नभइ सम्पूर्ण वडाका जनताहरुको भएकोले मत माग्ने क्रममा वडाका जनताहरु सँग गरेको सम प्रतिबद्धताहरु आफ्नो विवेक र क्षमताले भ्याएसम्म पूरा गरि छाड्ने बताए ।

  उनले आफुलाई विजयी गराउने सम्पूर्ण जनतालाई धन्यवाद दिंदै विकास,निर्माण लगायतका कामहरुमा साथ दिन आग्र गरेका छन्

No comments:

Post a Comment