Tuesday, May 10, 2022

नेकपाको सुर्यमा ग्रहण लागेर त्यसमा कलम उदाइसकेको छ :नेकपा एस राष्ट्रिय अध्यक्ष माधव कुमार नेपाल

  

नोज यादव---

सर्लाही,बैशाख २७

   केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले बाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टीको नाममा अर्को छुट्टै पार्टी बनिसकेकोले भ्रममा नपर्न पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष माधव कुमार नेपालले बताउनु भएको छ। अहिले पनि मधेशका जनताहरुमा पहिलेकै एमाले  पार्टी र एकीकृत समाजवादी एउटै पार्टी भएको भ्रम रहेकोले यस्तो भ्रम मनबाट निकालेर फाल्न उहाँले भन्नु भएको छ।आसन्न स्थानिय तहको निर्वाचनको क्रममा मंगलबार मलंगवा नगरपालिका वडा न-६ खुटौनाको वडाअध्यक्ष पदका प्रत्यासी राम गोपाल राय यादवले आयोजना गरेको चुनावी सभामा सहभागी हुन  आउनुभएका नेता नेपालले रायको जनाहरु प्रतिको लोकप्रियतालाई देखेर रायको जित सुनिश्चित भएको बताउँदै अग्रिम शुभकामना दिंदै स्थानीय मतदातहरुलाई कलम चिन्हमा मतदान गर्न अनुरोध गरेका थिए।

   अब ओलीले नेतृत्व गरेको नेकपाको सुर्यमा ग्रहण लागेर त्यसमा कलम उदाइसकेको ले   पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो भन्नुभएको हो।

   अब ओलीले नेतृत्व गरेको नेकपाको सुर्यमा ग्रहण लागेर त्यसमा कलम उदाइसकेको ले कुनै पनि भ्रममा नपरि कलम छापमै मतदान गर्न राष्ट्रिय अध्यक्ष नेपालले चुनावी सभामा उपस्थित स्थानीय जनताहरु सँग आग्रह गरे। उनले रौतहटको गाउँ गाउँमा कलम छापकै झण्डा फहराइरहेको र विजय उत्सव पनि मनाउन सुरु भइसकेकोले छिमेकी जिल्ला सर्लाहीमा पनि कलम छापकै झण्डा फहराउने दावी गरेका छन्।       

  नेता नेपालले सात कलम सात छाप नारासहित गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य रोजगारी र सुरक्षा यी सात महत्त्वपूर्ण एजेन्डाहरु लिएर चुनावी मैदानमा उत्रेका यस  पार्टीका सबै प्रत्यासीहरुलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् ।

  यसै कार्यक्रममा बोल्दै मलंगवा नगर कमिटीको अध्यक्ष समेत रहेका मेयर प्रत्यासी देवेन्द्र यादवले पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई एउटा तानाशाह साशकको संज्ञा दिएको छ।त्यही तानाशाह प्रवृत्तिकै कारण ओलीसँग छुट्टिएर नेता नेपालले  नयाँ पार्टी गठन गरेको उनले बताएका छन् ।

  मधेशका जनताहरुलाई मधेशको विकास र मधेशीको अधिकारको  नाममा ओली र यहाँका मधेशवादी दलहरुले पटकपटक ठग्दै आएकोले सबैको साझा पार्टी एकीकृत समाजवादी पार्टीले अब यस्तो हुन नदिने रायले दाबी गरे ।


No comments:

Post a Comment