Monday, May 9, 2022

स्थानीय चुनावलाई लिएर २७ गते रातिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने




लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख २६

    यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि ४८ घण्टाअघिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ।  वैशाख २७ गते राति १२ बजदेखि सीमानाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

   महोत्तरी जिल्ला स्थित बर्दिबासमा गत १३ गते बसेको दुई देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

   खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएको छ । खुला सीमानाकाका कारण हुनसक्ने चोरी,तश्करी नियन्त्रण,लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण,सूचना आदान प्रदान,अवैध मुद्राको कारोबार नियन्त्रण तथा नेपालमा हुन लागेको स्थानीय तह निर्वाचन २०७९ मा सुरक्षा संवेदनसिलताको विषयलाई मध्यनजर गर्दै सो निर्णय गरिएको प्रजिअ गौतमले जानकारी दिए।

   यस्तै,जिप्रकाले मतदान हुने दिन अर्थात बैशाख ३० गते शुक्रवार आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न भनेको छ।

No comments:

Post a Comment