Sunday, May 8, 2022

विकासको लागि परिवर्तन हुनु आवश्यक छ: मेयर प्रत्यासी देवेन्द्र राय,मलंगवा नगरपालिका

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख २५

  वर्षौंदेखि विकासको अनुभुति गर्न नपाइ नगरको अवस्थालाई देखेर रोएका मलंगवा नगरपालिकाका जनताहरुलाई विकासको अनुभुति गराएर उनीहरूको आँसु पुछ्नको लागि यसपालि फेरी मेयर पदको प्रत्यासी बनेको देवेन्द्र रायले बताउनु भएको छ।

   राय नेकपा एकीकृत समाजवादी पार्टीको कलम छापबाट मलंगवा नगरपालिकाको मेयर(नगरप्रमुख)पदको प्रत्यासी हुनुहुन्छ ।स्थानीय निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहेकोले उहाँ अहिले बिहानदेखि राति अबेरसम्म जनताको घरदैलोमा पुगेर कलम छापमा भोंट खसाल्न अनुरोध गरिरहनु भएको छ। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रायलाई मलंगवा नगरपालिको मेयर पदमा बिजयी बनाउन स्थानीय जनताहरु पनि जोडतोडका साथ घरदैलोमा लागेका छन् ।

   नेकपा एकीकृत समाजवादी पार्टीले मेयर पदका उम्मेदवार रायसहित उपमेयर उमेदवार तथा  नगरपालिका अन्तर्गतका १२ वटै वडाका वडाअध्यक्ष उमेदवार लगायत सम्पुर्ण प्यानललाई जिताउन मतदान गर्न भनि जनतासँग अपिल गरेको छ।

    वर्षौंदेखि विकासको अनुभति गर्न नपाएका नगरका जनताले आफुलाई बिजयी गराएको खण्डमा नगरको शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित शहरीकरण सहित महिलाहरुको सशक्तीकरणका लागि र न्यायिक स्वच्छताका लागि कामहरु गर्ने देवेन्द्र रायले बताएका छन् ।उनले नगर प्रमुखको रुपमा सपथ खाएकै दिनदेखि नगरको समुचित विकासको लागि आफुले तयार गरेको योजनाहरु उपर अविलम्ब काम सुरु गरि हाल्ने बताउनुभयो।       

   पछिल्लो केही वर्षदेखि मलंगवा नगरपालिकामा संचालित व्यापार ,व्यवसाय,उद्योग,कलकारखानाहरुको अवस्था दिनप्रतिदिन खस्किंदै गइरहेकोले सोको सुधारका लागि भारतको सोनवर्षा नजिक(बसतपुर)मा बन्न गइरहेको रेल्वे स्टेसनलाई मध्येनजर गर्दै मलंगवामा सुख्खा बन्दरगाह (ड्राइपोर्ट) को निर्माण गर्ने,"घ" वर्गको भन्सारलाई "क" वर्गको बनाउन पहल गर्ने तथा यहाँका उद्योगी,व्यापारीहरुको लागि विभिन्न योजना तथा नितिहरु ल्याउन पहल गर्ने रायले बताउनुभयो।उनले खस्किसकेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा पुर्ण रुपमा सुधार ल्याउने,स्वास्थमा सुधार ल्याउने र यथाशीघ्र नगरलाई विकासको बाटोमा अगाडी बढाएर मलंगवा नपालाई स्मार्ट सिटी बनाएर जिल्ला तथा प्रदेशमा मात्र नभई  विकासको मामिलामा यस पालिकालाई देशको नमुना नगरपालिका बनाउने प्रतिबद्धता गरेका छन् । 

   नगरका जनताहरुले अब परिवर्तन चाहेका छन् ।परिवर्तनका लागि पुरानो सोंच पनि बदल्न जरुरी रहेको यहाँका जनताहरुले भलिभाँति बुझेका छन् ।परिवर्तन गर्ने बेला यही रहेकोले विकास प्रेमी जनताहरुले यदी मलाई मेयरको रुपमा बिजयी गराएको खण्डमा  विभिन्न समयमा भएका स्थानीय निर्वाचनमा बिजयी भएर नगर प्रमुखको जिम्मेवारी सम्हालेका पुर्व मेयरहरुले गर्न नसकेका कामहरु आफुले गरेर देखाउने  रायले प्रतिबद्धता गरेका छन् । 

 

   परिवर्तनको साथै बर्षौदेखि भइरहेको भ्रष्टाचारको अन्त्य र जनतासंग भएको बिभेदको अन्त्य गरि नगरको समुचित विकासको लागि नै आफुले उम्मेदवारी दिएको रायले बताएका छन ।

  विद्यार्थी जिवनदेखि नै  राजनीतिको क्षेत्रमा सक्रिय रुपमा लाग्दै आउनु भएको राय यसअघिको स्थानीय निर्वाचनमा पनि मलंगवा नगरपालिकाको मेयर पदमा उमेदवार भइसक्नु भएको छ।




 


1 comment:

  1. कसैले भनेको छ !!!! आम जनताको लागि कुनै किसिमको विकास ( चाहे शिक्षा स्वास्थ्य खानेपानी यातायात रोजगारीको व्यवस्था ) गर्न कुनै सरकारी वा गैरसरकारी पदमा रहेर मात्र गर्न सकिन्छ भन्ने विचार एकदमै गलत हो । जब हामी भन्छौं 'सेवा नै धर्म हो ' अनि सेवा गर्न कुनै पदमा रहेर मात्र गर्न सकिन्छ । कस्तो वाइआत कुरा ,धत््

    ReplyDelete