Monday, May 16, 2022

सर्लाहीकै सबैभन्दा कान्छो गापा अध्यक्षमा राजा बाबु

  



मनोज यादव---

सर्लाही,जेष्ठ २

  नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र)ले खाता खोल्दै सर्लाहीको रामनगर गाउँपालिकामा जिल्लाकै सबैभन्दा कान्छो गाउँपालिका प्रमुख राजा बाबु यादव विजयी भएको छ । यादव भर्खर २२ वर्षको पुगेको छ।

   यादव ४ हजार ८१ मत ल्याएर बिजय भएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिएको छ।

   यादव निकटतम प्रतिद्वन्द्वी  आफ्नै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवलाई  पराजित गरेका छन् ।उनके २३३९ मत प्राप्त गरेका छन् ।

   त्यस्तै रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उमेदवार गिता देवी साह ३५२३ मत ल्याएर विजयी हुनुभएकी छिन ।साहको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरेका छन्  ।

   नवनिर्वाचित गापा अध्यक्ष यादव संविधान सभा सदस्य एवं  माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुनुहुन्छ।

  रामनगर गाउँपालिकाको गरी सर्लाहीमा अहिलेसम्म तिन वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।जसमध्ये २ वटामा काँग्रेस र १ वटामा माओवादीले जित हासिल गरेको छ।


No comments:

Post a Comment