Sunday, May 15, 2022

सर्लाहीमा आज साँझ ६ बजेसम्म ३९ वटा वडाको मतगणना सम्पन्न ,नेपाली काँग्रेसको अग्रता

मनोज यादव---

सर्लाही,जेष्ठ १

   बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको भोली पल्ट अर्थात ३१ गते देखि सुरु भएको मतगणना अनुसार जेष्ठ १ गते साँझ ६ बजेसम्म सर्लाहीका ३९ वटा  वडाको मत परिणाम आइसकेको छ।
  ३९ वटा वडाको मत परिणाम अनुसार नेपाली काँग्रेसबाट १५ ,माओवादी केन्द्रबाट १०,नेकपा एमालेबाट ५, एकीकृत
समाजवादीबाट ४,जसपाबाट ३ र लोसपाबाट २ जना वडा अध्यक्षका उमेदवारहरु विजयी भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
   केही ठाउँको मतगणना स्थलमा मतपत्रको विषयलाई लिएर छिनछिनमा  सामान्य विवादहरु उत्पन्न भइरहेकोले गणकहरुलाई मतपत्र गन्न समस्या भइरहेकोले मतगणनामा ढिलाई भएको कार्यालयले बताएको छ।
  मतगणना स्थलमा विवाद तथा अवरोध नभए जेष्ठ ६ गतेसम्म जिल्लाभरीको मतगणना कार्य सम्पन्न गरिसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

No comments:

Post a Comment