Monday, May 16, 2022

सर्लाहीको बरहथवा नगरपालिका वडा न-१७ मा भोली(जेठ ३ गते)मंगलबार पुनः मतदान हुँदै

 ----मतदान केन्द्रमै जनता समाजवादी पार्टी र माओवादी केन्द्र बीच कुटाकुट र झडप भएपछि ३० गतेको मतदान स्थगित भएको थियो----


मनोज यादव----

सर्लाही,जेष्ठ २

    बरहथवा नगरपालिकाको वडा नम्बर-१७ मा भोली(मंगलबार ३ गते) पुनः मतदान हुँदैछ।

   गत बैशाख ३० गते शुक्रवार स्थानीय तहको निर्वाचनका दिन वडा न-१७ परोरियाटोल स्थित श्री आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयहरुले मतदान गर्दै गरेको समयमा जनता समाजवादी पार्टी र माओवादी केन्द्रका उमेदवार तथा समर्थकहरु बीच झडप भएपछि मतदान रोकिएको थियो।

   जनता समाजवादीका वडा अध्यक्षका उमेदवार रामविश्वास रायको समर्थकले माओवादी केन्द्रका वडाअध्यक्ष उमेदवार विरेन्द्र रायलाई निर्घात कुटपिट गरेपछि उक्त  मतदान केन्द्रको मतदान स्थगित भएको थियो ।कुटपिटबाट माओवादी केन्द्रका उमेदवार रायसहित उनका १५/१६ जना समर्थकहरु गम्भीर घाइते भएका थिए ।अहिले उनीहरूको बिरगंज स्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 

   मतदान केन्द्रमै दुई पक्षबीच कुटाकुट भएर स्थिति तनावग्रस्त भएपछि नेकपा एमाले, नेपाली काँग्रेस, जनमत पार्टी र स्वतन्त्र उमेदवारले संयुक्तरुपमा एक विज्ञप्ती जारी गरि निर्वाचन अधिकृतसँग मतदान स्थगित गर्न लगाएका थिए।

No comments:

Post a Comment