Monday, May 2, 2022

स्थानीय चुनावमा निर्वाचन आचार संहिताको खुलेआम उलंघन

मनोज यादव---

सर्लाही,बैशाख १९  

    निर्वाचन आयोगले सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दल तथा उमेदवारको झण्डा राख्न नपाइने निमय लगाएको छ ।तर सर्लाहीमा भने यसको खुलेआम उलंघन भइरहेको पाइएको छ।

   जिल्ला भरीका शहर, बजार तथा गाउँमा मठ मन्दिर, पार्क, विद्यालयहरुमा निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उमेदवारको चुनाव चिन्ह अंकित  झण्डा,तुल,ब्यानरहरु राखिएको पाइएको छ ।निर्वाचन आचारसंहिता अनुसार विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने उल्लेख रहेको छ।

  नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत पर्ने चमेली माई लगायत अन्य विभिन्न मठ मन्दिर  देवालयहरु तथा  धार्मिक पर्यटकीय स्थलहरुमा  नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह अंकित झण्डाहरु झुण्डियाएको छ ।

    यस्तै निर्वाचन आचार संहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ । तर स्थित भने ठ्याक्कै यसको विपरीत देखिएको छ।बजारमा  झण्डा को लहर र झण्डाको  माला झुण्ड्याइएका छन् ।रुखको अवस्था पनि उस्तै भएको छ।रुखमा पात भन्दाबढी झण्डाहरुनै झुण्डिएको देख्न सकिन्छ ।चुनावी प्रचारप्रसारमा बालबालिकाहरुको समेत प्रयोग भएको देखिन्छ ।जबकी आचार संहितामा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख छ।

   यसरी त्यस्ता राजनितीक दलहरुले सार्वजानिक स्थलमा पार्टीको झण्डा झुण्डियाएर  शहर,बजार र गाउँलाई कुरुप बनाएको भन्दै बुद्धिजीवीहरुले आक्रोश व्यक्त गरेका छन् ।नियमन निकायले यसको निगरानी र कार्यवाही गर्नुपर्ने उनीहरूले बताए ।

  यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गमछा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।

No comments:

Post a Comment