Wednesday, May 18, 2022

सर्लाहीका अधिकांश पालिकाको अन्तिम मतपरिणाम आइसक्दा पनि कबिलासीको मतगणना सबैभन्दा पछाडी

 



---काउन्टिंगको पालो कुर्दै उमेदवार तथा जनता---

मनोज यादव---

सर्लाही जेठ ४

   शुक्रबार मतदान भएका अधिकांश स्थानमा मतगणना भइरहेको छ। नेता कार्यकर्ताहरु मतदान स्थलमा मतपरिणाम कुरेर बसेका छन्।सर्लाहीका अधिकांश ठाउँको अन्तिम मतपरिणाम आइसकेको छ भने केहीको लगभग अन्तिममा पुगिसकेको छ।

   तर सर्लाहीको कबिलासी नगरपालिकाको भने मतपरिणाम आउन अरु केही दिन लाग्ने देखिन्छ ।बैशाख ३० गते शुक्रवार सम्पन्न भएको मतदानको भोली पल्ट ३१गते शनिवार देखि सुरु भएको मतगणना ५ दिन बितिसक्दा पनि ८ वटा वडाको मात्र मतपरिणाम आएको छ।जबकी ५ दिन नबित्दै जिल्लाका अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक भएर नवनिर्वाचित जनप्रतिनिधिहरुले विजयी जुलुस निकाली आफ्ना जनताहरुलाई धन्यवाद समेत दिइसकेर सपथ ग्रहण गर्ने दिन कुरेर बसेका छन् ।तर कबिकासीका जनताहरु अहिलेपनि आआफ्नो वडाको मतपरिणाम कुरेर बसेका छन् ।

   कबिलासी नगरपालिकामा जम्मा १० वटा वडाहरु रहेका छन्।गन्ति भइसकेका वडाका उमेदवार तथा जनताहरु आआफ्नो घर गएसकेका छन् भने गन्ति हुन बाँकी रहेका वडाका उमेदवार तथा जनताहरु अहिले पनि कबिलासी स्थित नगरपालिका भवनमा रहेको मतगणना स्थलमा आफ्नो वडाको बाक्सा(मतपेटिका)खुल्ने प्रतिक्षामा पालो कुरेर बसेका छन्।

   अरु पालिकाको तुलनामा कबिलासी नपाको मतगणना  निर्वाचन अधिकृतकै ढिलासुस्तीका कारण पछाडी परेको मतगणना स्थलमा भेटिएका मानिसहरुले बताएका छन् ।

No comments:

Post a Comment