Wednesday, May 18, 2022

मलंगवाको ८ वटा वडाको प्रमुखमा नयाँ अनुहार आए भने ४ वटामा पहिलेकै दोहोरीए

 

फोंटो:-youth of Malangwa 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ ४

   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकाको सबै वडाहरुको मतगणना सम्पन्न भइसकेको छ।१२ वटा वडा रहेको यस पालिकाको मतगणना शान्तिपुर्वक सम्पन्न भएको छ।

   यसपटक मलंगवा नगरपालिकाको मेयरदेखि लिएर वडा सदस्यहरुमा अधिकांश नयाँ व्यक्ति निर्वाचित भएका छन् ।पछिल्लो मेयरलाई पराजित गर्दै मेयरमा नागेन्द्र प्रसाद यादव निर्वाचित हुनुभएको छ भने उपमेयरमा पनि नयाँ अनुहार शकुन्तला देवी साह निर्वाचित हुनुभएको छ।

    त्यसैगरी वडा न-१,२,३,५,६,७,८र९ को वडाअध्यक्षमा नयाँ व्यक्ति निर्वाचित भएका छन् ।वडा न-१ मा नवल राय ,२ मा धिरेन्द्र साह,३ मा प्रमोद राय,५ भाँडसरमा जुल्फेकार अली मिकरानी,६ खुटौनामा राम कैलाश यादव,७ मा ईशा मिकरानी,८ मा मुकेश जयसवाल,९ मा चन्देश्वर यादव विजयी भएका छन्।यस्तै वडा न-४मा रविन्द्र राय यादव,१० मा मुकेश झा,११ गम्हरियामा नन्दकिशोर राय(शम्भु)र १२मा राम दरेश राय पुनः दोस्रोपटक विजयी भएका छन् ।

   
 

No comments:

Post a Comment