Monday, May 9, 2022

म शासक बनेर होइन जनताको सेवक बनेर काम गर्ने छु:राम विश्वास ठाकुर

लोकतन्त्र समाचारदाता---

सर्लाही,वैशाख २६

    जनताले मलाई चुनावमा जिताएर वडाको जिम्मेवारी दिएको खण्डमा शासक बनेर होइन जनताको सेवक बनेर काम गर्ने कुरा  वडाअध्यक्ष प्रत्यासी(उमेदवार) राम विश्वास ठाकुरले बताउनु भएको छ।जनताको गुनासो र जनताको समस्यालाई आफ्नै समस्या मानेर   त्यसको समाधानको लागि आफु २४ सै घण्टा तत्पर रहने उनले प्रतिबद्धता गरेका छन्।

    ठाकुर नेकपा माओवादी केन्द्रको गोलाकार घेरा भित्रको हँसिया हथौड़ा छापबाट मलंगवा नगरपालिका वडा न-२ को लागि वडाअध्यक्ष पदको उमेदवार हुनुहुन्छ ।स्थानीय चुनावमा मतदान गर्न अब ३ दिनमात्र बाँकी रहेकोले उनी अहिले आफ्ना प्यानलका सदस्य पदका उमेदवारहरुको साथ वडा न-२ को प्रत्येक घरमा भोट माग्न घरदैलो अभियानलाई तिब्र पारेका छन् ।मत माग्न घरदैलोमा पुगेका ठाकुरलाई स्थानीयहरुले पनि  जितको शुभकामना दिनुका साथै मतदाताहरुले आफ्नो वडा र टोलको विकास तथा सुधारको लागि आग्रह गरेका छन् ।

   वडाअध्यक्ष प्रत्यासी(उमेदवार) ठाकुरले आफ्नो घोषणा पत्रमा उल्लेख भएका कामहरुको साथै वडामा रहेका अधुरा र अपुरा कामहरुलाई पुरा गर्ने स्थानीयबासीहरु सँग प्रतिबद्धता ब्यक्त गरेका छन् ।

   ठाकुरले आफु जितेपछि वडा भित्रको सबै बाटो र गल्लीमा नालासहितको ढलान,चौबीसै घण्टा विधुत आपुर्ति,फ्रि वाइफाई जडान,गरिब,असहाय तथा  जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति,सुविधा सम्पन्न पुस्तकालय,एम्बुलेन्सको व्यवस्था,किसान वर्गको लागि रसायनिक मल,वृक्षरोपण गरि हरियाली वाड घोषित गर्ने,वडाको विकासको लागि छुट्याइएको बजेट गरिब,शिक्षित,बेरोजगार युवाहरु द्बारा परिचालन गर्ने,नासी पोखरीमा घाट निर्माण गरि सौन्दर्यिकरण गर्ने,किसानहरुको लागि प्रत्येक ७-८ बिगहा खेतमा बोरिङ(पम्पसेट)स्थापना गर्ने,वडाको प्रत्येक चौकमा सार्वजनिक सुलभ शौचायलको निर्माण,विभिन्न मठ मन्दिरहरुको निर्माण तथा जिर्णोद्धार,दक्ष पशु चिकित्सक द्वारा साप्ताहिक रुपमा पशुको निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था,गरिब असहाय विधवा तथा एकल महिलाहरुको लागि विशेष वार्षिक आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै नेकपा माओवादी केन्द्रको नीति निर्देशन बमोजिम वडामा बिल्कुलै गरिब,अशक्त,असहायको लागि प्रत्येक वर्ष ५ वटा घरको निर्माण गर्ने संकल्प लिएको र यसलाई पूरा गर्न आफु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।           विद्यार्थी जिवनदेखि नै समाजसेवामा लाग्दै आएको ठाकुर नेपाल बैंकको जागिरबाट  अवकास लिएपछि आफ्नो बाँकीको जिवन जनसेवाका लागि समर्पित गरिसकेको बताउनुभएको छ। 



No comments:

Post a Comment