Friday, December 11, 2020

कतार च्यारिटीको आर्थिक सहयोगमा चेतना द्वारा भाँडसर स्थित विद्यालयलाई फर्निचर हस्तान्तरण

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २६

      चेतना संस्थाको आयोजना तथा  कतार च्यारिटीको आर्थिक सहयोगमा शुक्रवार  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित श्री रामगुलाम माध्यमिक  विद्यालयमा फर्निचर सामाग्री  हस्तान्तरण गरिएको छ । 

     कतार च्यारिटीका प्रोग्राम मेनेजर इर्शाद शेखका अनुसार विद्यालय व्यवस्थापनमा सहयोग पुर्याउने उदेश्यले फर्निचर सामाग्रीहरु प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक विन्देश्वर राय यादवलाई दिउँसो एक कार्यक्रमका बीच ४८ थान डेक्स बेन्च ,५ थान अफिस टेबुल ,५ थान रिवोल्भिंग  चेयर,५ थान फाइल र्याक र ५ थान ह्वाइट बोर्ड हस्तान्तरण गरिएको चेतना संस्थाका कार्यक्रम संयोजक मुकेश जयसवाले जानकारी दिनुभयो ।च्यारिटीले ब्रम्हपुरी गाउँपालिका स्थित जलधर कमलदेव नमूना उच्च माध्यमिक  विद्यालयमा पनि फर्निचर सामाग्रीहरु हस्तान्तरण गर्ने जयसवाले बताउनुभयो ।उहाँले  कतार च्यारिटीको आर्थिक सहयोगमा संस्थाले  उक्त विद्यालयमा शौचालय निर्माण गरिरहेको तथा वडा न-५ भाँडसरमा २५० वटा हैण्ड पाइप जडान गरि समुदायलाई हस्तान्तरण गरिसकेको जानकारी गराउनुभयो ।

    चेतना संंस्थाका सचिव महेन्द्र प्रसाद कर्णको अध्यक्षता तथा  संघीय सांसद रुहीनाज मिकरानीको प्रमुख आतिथ्यतामा विद्यालयको प्रांगणमा आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नपाका मेयर निरसल साह तथा  प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,जिसस सदस्य विनय कुमार राय,वडा न-५ का वडाध्यक्ष मनोज कुमार सहनी ,लगायत विद्यालयका शिक्षक ,शिक्षिका,विद्यार्थी र अविभावकहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक सुन्दरश्याम यादवले जानकारी दिए ।





 


No comments:

Post a Comment