Sunday, December 6, 2020

मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते

 



लोकतन्त्र समाचारदाता----
सर्लाही ,मंसिर २१
      सर्लाहीको हरिवन नगरपालिकामा सनिवार मोटरसाइकलको ठक्कराट एकजना पैदल यात्री  घाइते भएका छन् ।
     पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हरिवन नपा-११ स्थित हरिवन बजारमा  पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको बा ४० प ७२४३  नम्बरको मोटरसाइकलले  पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ६२ को शत्रुधन दासलाई ठक्कर दिएको छ ।मोसाको ठक्करबाट दाहिने हात भाच्चिएर घाइते भएको दासको स्थानीय स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचार गरि थप उपचारको लागि काठमाडौ रेफर गरिएको प्रहरीले जनाएको छ ।
    दासलाई ठक्कर दिएका मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

No comments:

Post a Comment