Monday, December 7, 2020

नेपाल भारत सिमा अन्तर्गत सर्लाहीको मलंगवा नाका आंशिक रुपमा खुल्यो ,मुख्य नाकाबाट एम्बुलेन्स, शव बाहन तथा बिवाहको गाडी मात्र आवतजावत गर्न पाउने प्रशासनको निर्णय

 


मनोज यादव------
सर्लाही ,मंसिर २२
     सर्लाहीमा सर्वपक्षिय संघर्ष समितिले भारतीय सिमा नाका खोल्नुपर्ने तथा हुलाकी राजमार्ग निर्माण सम्बन्धि विभिन्न मागहरु राखेर आन्दोलन सुरु गरेका छन् ।संघर्ष समितिले आइतवार आन्दोलनको सुरुवात गर्दै विरोध स्वरुप मलंगवा नगरपालिका क्षेत्र भित्र  मोटरसाइकल र्याली गरि   सिमानाकामा धर्ना बसेको केही घण्टामै स्थानीय प्रशासनले मुख्य नाका आंशिक रुपमा खुल्ला गरेको छ ।



      जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार 
सर्लाही जिल्लामा पर्ने नेपाल भारत सिमा नाकाबाट एम्बुलेन्स, बिवाहको गाडी र शव वाहनक आवत जावत गर्न पाउनेछन् । प्रशासनको  उक्त निर्णय पछि सर्वसाधारणले केही राहतको महसुस  गरेका छन् ।
      नेपाल भारत सिमा खुल्ला गर्न, हुलाकी राजमार्ग निर्माधिन सडकको स्तरोन्नती गर्न, हुलाकी राजमार्ग लगायत अन्य शाखा सडक र पुलहरुको गुणस्तरको छानबिन गर्न, हुलाकी राजमार्ग बनाउँदा पर्ने जग्गाको मुआवजा उपलब्ध गराउन  र हुलाकी राजमार्ग निर्माण कार्यको ठेक्काको  म्याद नथप्न लगायतका मागहरु राखेर आन्दोलन सुरु गरेको जिल्ला समन्वय समितिका सभापती तथा सर्वपक्षिय सघर्ष समिति, सर्लाहीका संयोजक मेथुर चौधरी जानकारी दिए । संघर्ष समितिले तय गरेको कार्यक्रम अनुसार मंसिर २९ गते बेलुका ५ बजे जिल्लाको २० वटै पालिकामा मशाल जुलुश निकाल्ने, मंसिर ३० गते सदरमुकाम मलंगवा पूर्ण रुपले बन्द गर्ने र पौष १ गते सर्लाही जिल्ला पूर्ण रुपले बन्द गर्ने कार्यक्रमहरु रहेका छन् ।सम्बन्धित निकायले माग पुरा नगरे नेपाल भारत सिमामै  अनिश्चितकालिन रिले धर्नामा बसिरहने संघर्ष समितिका संयोजक चौधरीले चेतावनी दिए। 


    सर्लाहीको सदरमुकाम मलंगवा स्थित मुख्य नाकामा संघीय सांसद ,प्रदेश सांसद,पुर्व मन्त्री ,पुर्व सांसद, नेपाल भारत सिमानाका नजिक तथा हुलाकी राजमार्ग अन्तर्गत पर्ने विभिन्न पालिकाका प्रमुख , उधोग बाणिज्य संघ, निर्माण व्यवसायी संघ, नागरिक समाजका अगुवा लगायतकाहरु अनिश्चितकालीन रिले धर्नामा बसेका छन् ।

No comments:

Post a Comment