Tuesday, December 15, 2020

हुलाकी राजमार्गको निर्माण तथा सिमानाका नखोलिए सम्म आन्दोलन जारी रहने नेताहरुको चेतावनी /बुधबार सर्लाही बन्द

**भोली  सर्लाही बन्द**

मनोज यादव-----

सर्लाही ,मंसिर ३०

    हुलाकी राजमार्गको निर्माणकार्य नभए  तथा नेपाल भारत सिमानाका नखोलिए सम्म  सर्वपंक्षिय सघर्ष समिति सर्लाहीले सुरु गरेको आन्दोलन  जारी रहने धर्नामा बसेका आन्दोलनकारी अगुवा नेताहरुले बताएका छन् ।आज(मंगलबार )सदरमुकाम मलंगवा स्थित रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षातकार कार्यक्रममा  उनीहरूले यस्तो बताएका हुन ।

    सर्वपक्षीय संघर्ष समिति सर्लाही विभिन्न ५ बुँदे मागहरु राखेर  मंसिर २१ गतेदेखि जिविस चौक स्थित सहिद चौकमा लगातार १० दिनदेखि रिले धर्नामा बसेका छन् ।धर्नामा बसेका नेताहरुलाई सहभागी गराइ आयोजना गरिएको साक्षातकार कार्यक्रममा बोल्दै  नेताहरुले वर्तमान केन्द्रीय सरकारले मधेस प्रति देखाएको भेदभावपुर्ण रवैया प्रति आक्रोश प्रकट गरेका थिए ।छिमेकी जिल्लाहरुमा हुलाकी सडक बनिसकेको अवस्थामा  सर्लाही जिल्लामा भने सुरुवात पनि नगरि वर्तमान सरकारले मधेस र मधेसी जनता प्रति  भेदभाव गरेको सहभागीहरुले गुनासो गरे  ।हुलाकी सडकको जर्जर अवस्थाका कारण सर्वसाधारण नागरिकहरुलाई विभिन्न समस्याहरुको सामना गर्नु परेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लालविहारी यादवले बताए ।

   यस्तै कोरोना संक्रमणलाई लिएर बन्द गरिएको नेपाल भारत सिमानाका लामो समयदेखि खोलिएको छैन र सरकारले यसप्रति चासो पनि देखाएको छैन । जिल्लाबाट कोरोनाको त्रास हटिसकेको र सबैजना आफ्नो स्वास्थ्य प्रति आफै सचेत भइसकेको अवस्थामा पनि नाका नखोलिएकोले सरकारले  दुवै देशका नागरिकहरु बीचको सम्बन्धमा चिसोपना ल्याउन खोजेको महिला नेतृ लक्ष्मी सिंहले आरोप लगाउनुभयो ।सिमा नखोलिए पनि सरकारको राजश्व उठेकै छ तर जनताहरुको  आर्थिक तथा सामाजिक समस्या कायमै छ ,उनले भने ।

     समितीको पुर्व निर्धारित कार्यक्रम अनुसार भोली (बुधबार ) सर्लाही जिल्ला पुर्ण रुपमा बन्द गरिने बताइएको छ ।क्लबका जिल्ला सचिव राजिव साहको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा उपस्थित वक्ताहरुले सिमानाका पुर्ण रुपमा नखोली सम्म सशक्त आन्दोलन जारी रहने बताएका छन् ।

No comments:

Post a Comment