Monday, December 21, 2020

इन्सेकको मानवअधिकार बर्ष पुस्तक २०२१ को लागि बार्षिक समिक्षा गोष्ठी सम्पन्न

 



अजिता चौधरी ----

सर्लाही ,पुस ६

    अनौपचारीक क्षेत्र सेवा केन्द्र सर्लाही  (इन्सेक)ले आज(सोमवार) नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ को लागि वार्षिक पुर्व समिक्षा गोष्ठीको आयोजना गरि सम्पन्न  गरेको छ।

     सन् २०२० (२०७७) भरि सर्लाही जिल्लामा भएका मानवअधिकार उल्लङघन तथा ज्यादतीका घटनाहरु सङकलन गरी  सरोकारवालाहरुका बिचमा जानकारी गराएर बर्ष पुस्तकको बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरिएको हो । संकलन गरिएका  घटनाहरुको समिक्षा गरि अभिलेख गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको इन्सेक सर्लाहीका संयोजक बुधन साहले जानकारी गराउनुभयो ।  इन्सेकले सार्वजनीक समिक्षा र अंग्रेजी क्यालेण्डर अनुसार पहिलो छ महिनामा अर्धबार्षिक र वर्षको अन्त्यमा वार्षिक समिक्षा गरि सुझाब संकलन गर्ने गरेको  छ ।

     जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्क्षतामा सम्पन्न भएको कार्यक्रममा  इन्सेक सर्लाहीले वर्षभरी संकलन गरेको ९५ वटा  मानवअधिकार उलंघन  घटनाहरुको तथ्यांक सार्वजनिक गरेको छ  ।  जसमध्ये जिल्लामा राज्यबाट भएको मानवअधिकार उलंघनका ५ वटा,झडप तथा कुटपिटबाट घाइते भएको ५ वटा ,अज्ञात व्यक्तिबाट भएको ४ वटा ,महिला हिंसा , यौन दुर्ववहारको १४ वटा,घरेलु हिंसाको २ वटा र एउटा अपहरणका घटना रहेका छन् ।

घरेलु हिंसा र लैङ्गीक हिंसा सम्बन्धिका अधिकाश घटनाहरु गाउँमै  मिलापत्र हुनेगरेका छन् । महिला माथि हुने हिंसाका विषयमा राज्य तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन  गरेको भएपनि हिंसाका घटनाहरुमा कमी नआएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । तर केही सरोकारवाला ब्याक्तिहरु र न्याय सम्बन्धि काम गर्ने सस्थाहरुले हिंसा सम्बन्धि जनचेतना नपाएको कारणले हिंसाका घटनाहरुको संख्यामा बृद्धि भएको रिपोर्टस क्लब नेपाल सर्लाहीका सचिव राजिव साहले दाबी गरे । 

   जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रमुख ,प्रतिनिधि ,सरोकारवाला निकाय तथा संचारकर्मीहरुको सहभागीता रहेको इन्सेक सर्लाहीका संयोजक साहले जानकारी गराए ।

No comments:

Post a Comment