Saturday, December 5, 2020

ज्वाइन आवर हैण्ड्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २०

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको  ज्वाइन आवर हैण्ड्स संस्थाको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।सनिवार दिउँसो एक कार्यक्रमका बीच मलंगवा वडा न-१० स्थित संस्थाको नयाँ कार्यालयको उद्घाटनको साथै अध्यक्ष राजेश पंडितको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो  । 


   संस्थाका उपसचिव मुन्ना चौधरीले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि मलंगवा नपाका मेयरले निरसल साहले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो ।


   एकअर्का सँग हातमा जोडेर समाजिक कार्यमा लाग्ने भन्ने सोंच तथा उदेश्यका साथ स्थापना गरिएको संस्थाको नयाँ कार्यालय टावर चौकमा माइ एफएम नजिक रहेको छ ।कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीका प्रमुख अब्दुल सहमद ,जुनियर जेसिज मलंगवाका अध्यक्ष राज रौनियार ,ब्रम्हपुरी गाउँपालिकाका इन्जिनियर अमर प्रकाश नेपाल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।






No comments:

Post a Comment