Monday, December 28, 2020

राप्रपाले गर्‍यो २२ ओटा मागहरु राखेर नगर परिक्रमा

 

राजिव साह

सर्लाही ,पुस १३

    हिन्दु राष्ट्र माग ,राजा आउ देश बचाउ भन्ने  नारावाजी गर्दै आइतबार  राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले  सदरमुकाम मलंगवा परिक्रमा गरेका छन् ।

    राप्रपाका जिल्ला अध्यक्ष सत्यनारायण यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य अनिल साहको अगुवाइमा   नगर परिक्रमा गरिएको हो ।नगर परिक्रमा  गर्दै पार्टीले  हिन्दु रास्ट्र र राजाको माग गरेका छन् ।    नेपालमा आएको गणतन्त्रले  देशमा अस्थिरता दिनप्रतिदिन बढेको राप्रपाका केन्द्रिय सदस्य अनिल साहले  बताउनुभयो । पार्टीले  जिल्ला स्तरमा विभिन्न आमसभा लगायतका कार्यक्रमहरु गर्ने जिल्ला अध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो । 

 यस बारे आइतबार रिपोर्टस कल्व नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै पार्टीका नेताहरुले गणतन्त्रको नाममा अहिले राजनैतिक दलहरुले गरिब तथा विपन्न वर्गलाई झन गरिब बनाएको आरोप लगाए । जिल्ला अध्यक्ष यादवले प्रतिनिधि सभा विघटनले नेपालको गणतन्त्र कमजोर भएको बताउनुभयो ।  यसैगरी नेपालमा पुनः  राज संस्था  स्थपाना, हिन्दु रास्ट्रको माग सहित शान्तिपुर्ण आमसभा, रियालीको कार्यक्रम जारी रहने अध्यक्ष यादवले कार्यक्रम मार्फत जानकारी गराए   ।

     पार्टीले २२ बुन्दे माग सहित जिल्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र समेत बुझाएका छन् । संविधानमा भएको धर्म निरपेक्षता खारेज,धार्मिक स्वतन्त्रता,राजसंस्था सर्वपक्षीय गोलमेच गरियोस् ,बेरोजगारी समस्या समाधान गरि बेरोजगारी भाता उपलब्ध गरियोस् ,मेलम्ची खानेपानी देखि सुन तस्करीमा भ्रष्टाचार गर्नेलाई कार्वाही,ललित निवास जग्गा काण्ड,आयल निगम जग्गा खरिदमा भएको भ्रष्टाचार ,ओमनी काण्ड नागरिकता सम्बन्धि  विवाद अनत्य, भारत संगको सन् १९५० को सन्धि प्रतिस्थापन सहित कालापानी,लिपुलेक र सुस्ता लगायतको क्षेत्रमा अतिक्रमित भुमी फिर्ता लिन, किसानलाई सहज रुपमा मल तथा  बिउ बिजन उपलब्ध गराउन लगायतका अन्य मागहरु  ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment