Tuesday, December 15, 2020

गोठमा आगलागी हुँदा चौपायासहित तीनलाख बढीको क्षती




सर्लाही ,मंसिर ३०

  सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–१२ गणेशियाका स्थानीय  मखन प्रसाद यादवको  गाई वस्तु बाँध्ने गोठमा सोमबार राति  आगलागी हुँदा ३ चौपाय जलेर मरेका छन् भने २ वटा अर्धजली घाइते भएका छन् ।

     यादवको बाँस,काठ र जस्ताबाट बनेको  गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट राति करिब साढे १० बजे  आगो सल्किएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले जानकारी दिए।प्रवक्ता कुवँरका अनुसार  आगोमा जलेर गोठमा बाँधेका दुईवटा बाख्रा र एकवटा पाडो  मरेका छन् ।आगोबाट २ वटा भैंसी अर्धजली घाइते भएका छन् ।चौपायासहित परालको टाल र गोठमा पुर्ण रुपमा क्षति पुर्याउँदा ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

       आगो प्रहरी निरिक्षक कृष्ण गिरीको कमाण्डमा गएका प्रहरी टोली र स्थानीय बासिन्दाहरु मिलेर दमकल  सहयोगमा बिहान २ बजे  नियन्त्रणमा लिन सकिएको जनाइएको छ। 


 


No comments:

Post a Comment