Saturday, December 12, 2020

लकडाउनका कारण आँखाको उपचार गराउनबाट बन्चित भएका ग्रामीण भेगका नागरिकहरु निशुल्क शिविर मार्फत लाभ उठाए

 



मनोज यादव----
सर्लाही ,मंसिर २७
    कतार च्यारिटीको नेपालको आर्थिक सहयोगमा चेतना मलंगवाले सर्लाहीको कौडेना गाउँपालिका र हरिपुर्वा नगरपालिका स्थित डुमरियामा  निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।



    सगरमाथा चौधरी आँखा अस्पताल लहान र सर्लाही आँखा केन्द्र मलंगवाको प्राविधिक सहयोगमा चेतनाद्वारा आयोजित शिविरबाट कौडेना गाउँपालिका तथा हरिपुर्वा नगरपालिका  साथै सँगै सीमा जोडिएका पालिकाका एकहजार भन्दा बढी  आँखाका बिरामीले सेवा लिएका छन् । त्यस क्रममा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरेको चेतनाका कार्यक्रम संयोजक मुकेश जयसवालले  जानकारी दिए।


     चेकजाँचका क्रममा मोतियाबिन्दु प्रमाणित भएका २ सय ८६ जनाको आइतबार ,सोमवार र मंगलबार तीनदिन मलंगवा स्थित सर्लाही आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने छ ।


    कोरोनाका कारण सरकारले देशभरि गरेको लकडाउनका कारण आँखाको उपचार गराउनबाट बन्चित भएका ग्रामीण भेगका नागरिकहरुमा आँखा सम्बन्धि विभिन्न रोग तथा संक्रमणहरु देखिन थालेको महसुस गरेर कतार च्यारिटी नेपाल सँग  आर्थिक सहयोग लिइ सर्लाहीको उत्तरी र दक्षिणी क्षेत्रका नागरिकहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको चेतनाका कार्यक्रम संयोजक जयसवालले बताए ।


     शिविर संचालनको क्रममा कोरोना संक्रमणलाई लिएर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरिएको थियो ।

No comments:

Post a Comment