Wednesday, December 23, 2020

दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा चालकद्वय घाईते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस ८

       सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-९ मा मंगलबार साँझ  दुइवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालक घाइते भएका छन् ।

    इश्वरपुर नपा-९ रामनगर चौक स्थित भित्री सडक खण्डमा बयलबासबाट मोहनपुरतर्फ जाँदै गरेको BR 06 AC 6450  नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको BR30 E 9128 नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाँदा   BR30 E 9128 नम्बरको  मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका वडा न–६ बस्ने वर्ष ३८ को लक्ष्मी कुर्मी र BR 06 AC 6450  नम्बरको मोटरसाइकलको चालक मोहनपुर बस्ने वर्ष २७ को इसराफिल बैठा घाइते भएका छन् ।कुर्मीले मापसे गरेर मोटरसाइकल चलाइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते दुवैजनाको इश्वरपुर हेल्थ केयर बयलबासमा उपचार भइरहेको छ ।दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

     


No comments:

Post a Comment