मलंगवा जेसिज २०२१ को बोर्ड अध्यक्षमा सुनिल कुमार साह
लोकतन्त्र समाचारदाता ----
सर्लाही ,मंसिर २८
मलंगवा जेसिजको बोर्ड अध्यक्षमा सुनिल कुमार साह निर्वाचित भएका छन् । जेसिजको ४० औं अधिवेशनबाट साह बोर्ड अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
वर्ष २०२१ को नेतृत्व चयनका लागि भएको निर्वाचनमा साह सहित कार्यकारी अध्यक्षमा सुमेष सागर श्रेष्ठ र राम लखन महतो निर्वाचित भएका छन् ।यसैगरी अध्यक्षमा लालबाबु यादव,सुनिल जयसवाल,मो.मन्जर हुसैन र करण शर्मा निर्वाचित भएको रिटर्निङ अफिसर जेसी सुवोधहरी राजोपाध्यायले जनाएको छ ।
निर्वाचन अधिकृत मुकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा २०२० का अध्यक्ष राजनहरी श्रेष्ठको विशिष्ट आतिथ्यताको साथै मलंगवा जेसिजका पुर्व तथा वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment