सर्लाहीको औरहीमा आगलागी ,५० हजारको क्षति
लोकतन्त्र समाचारदाता----
सर्लाही ,पुस ६
सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीमा आइतवार दिउँसो परालको टालमा आगलागी हुँदा ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
औरही स्थित सार्वजनिक पोखरीको छेउमा थुपारेर राखिएको स्थानीय नागेन्द्र राय यादवको २ वटा र पुनित रायको एउटा परालको टालमा भएको आगलागीबाट सो रकम बराबरको क्षति भएको हो ।
दिउँसो १ बजे तिर सुरु भएको आगलागी प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले गाँउलेहरुको सहयोगमा साँझ तिनबजे नियन्त्रणमा आएको स्थानीय राकेश यादवले जनाएको छ ।
No comments:
Post a Comment