Monday, December 21, 2020

किसानको किस्ता वापतको रकम ठगी गर्ने पक्राउ




नवाब अली---

रौतहट ,पुस ६

     किसानको पैसा ठगी गरेको आरोपमा रौतहटको वृन्दावन नगरपालिकाका एक ब्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रौतहटको साविक सखुअवा धमौरा गाविस वडा न-७ हालको वृन्दावन नपा वडा न-६ हर्षाहा टोल बस्ने वर्ष २८ को अनिल कुमार पटेल रहेकोे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    पटेललाई ओम्नी अटोमोबाइल प्रा.लि चन्द्रनिगाहपुरको ट्याक्टरको सो रुमबाट  किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम २०७४ साल साउन १ गते देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनी लिएका बुझाउनुपर्ने रकम ४४ लाख ७८ हजार ५ सय रकम नबुझाइ ठगी गरेको आरोपमा निज माथि परेको उजुरीको आधारमा  पक्राउ गरिएको हो ।

     पटेललाई आइतवार पक्राउ गरि जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गराई न्यायिक हिरासतमा राखेर अनुसंधान प्रक्रिया अगाडी बढाएको जिप्रका रौतहटले जनाएको छ ।


No comments:

Post a Comment