Sunday, December 20, 2020

दुई मोटरसाइकल ठोक्किँदा पतिपत्नी सहित तीनजना घाइते

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस ५

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका वडा न-६ स्थित जनवादी  चौकमा सनिवार   साँझ  दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा पतिपत्नी सहित तीनजना घाइते भएका छन् ।


     जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरका अनुसार घाइते  हुनेहरुमा प्र-२-००३-००४ प ४९५१   नम्बरको मोटरसाइकलका चालक  लालबन्दी -८  का ५० वर्षिय लाल प्रसाद चौलागाईं र  सोही मोटरसाइकल पछाडी सवार निजकी पत्नी अन्दाजी वर्ष ४५  की गिता चौलागाईं  र प्र-२-०३ प ६२९८ नम्बरको मोटरसाइकल चालक लालबन्दी नपा-१६ ,परवानीपुर बस्ने २५ वर्षिय भिम बहादुर थापा     रहेका छन्। 

      पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको   प्र-२-००३-००४ प ४९५१   नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको  प्र-२-०३ प ६२९८ नम्बरको मोटरसाइकलले सनिवार  साँझ जनवादी चौकमा ठक्कर दिएको थियो।

   ठक्करबाट घाइते भएकाहरुको स्थानीय  अस्पतालमा  उपचार भइरहेको छ । दुवै  मोटरसाइकल  नियन्त्रणमा लिएको प्रहरीले  बताएको छ ।



No comments:

Post a Comment