मलंगवामा प्रधानमन्त्री ओलीको पुत्ला दहन
लोकतन्त्र समाचारदात---
सर्लाहीको सदरमुकाम मलंगवामा आज साँझ(आइतवार)प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
संघीय सदन विघटन भएको विरुद्धमा सदरमुकाम मलंगवा वडा न-१० स्थित सहिद चौकमा विभिन्न राजनितीक दल, युवा तथा विभिन्न दलका भातृ संगठनले प्रधानमन्त्री ओलीको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसद विघटन गरि चुनावको मिति समेत तय गरेपछि उहाँको पुत्ला जलाइएको हो ।
पुत्ला दहन गर्नु अघि प्रधानमन्त्रीको विरुद्धमा नारावाजी गर्दै नगरको परिक्रमा समेत गरिएको थियो ।
No comments:
Post a Comment