Friday, December 11, 2020

७२ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मलंगवामा विभिन्न कार्यक्रम गरि मनाइयो

 




सर्लाही ,मंसिर २६

    ७२ औं   अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बिहीबार सर्लाहीको सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रम गरि मनाइएको छ।लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिला पुनर्स्थापना केन्द्र नेपाल  (ओरेक) को आयोजनामा विभिन्न कार्यक्रम गरि यो दिवस मानाएको छ । 

    दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाको सहभागीतामा मलंगवा नगरपालिका क्षेत्रमा वृहद् र्याली निकाली जिल्ला समन्वय समितिको सभा हलमा जिल्लामा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा अन्तरक्रिया गरिएको ओरेक नेपाल सर्लाहीका कार्यक्रम संयोजक ज्योती तिवारीले जानकारी दिए ।जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जमुना पराजुलीको  प्रमुख आतिथ्यता तथा मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा थर्ड एलायन्सका मुकेश मिश्र ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,महिला अधिकारीकर्मी बनिता कार्की,रिना साह,सुन्दरश्याम यादव लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


     यसै अवसरमा संस्थाले जिससको प्रांगणमा रक्तदान समेत गरिएको छ । साथै साँझ सहिद चौक स्थित मधेश आन्दोलनका सहिदहरुको सालिक अगाडी दिप प्रज्वलन समेत गरिएको आयोजक संस्थाका जिल्ला एसोसिएट कार्यक्रम अधिकृत बच्चेलाल पण्डितले जनाएको छ ।


   कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीको समेत विशेष सहभागीता रहेको थियो ।



No comments:

Post a Comment