Tuesday, December 29, 2020

सर्लाही अस्पतालले कोभिड १९ को बेला करारमा खटिएका कर्मचारीहरुको तलब भाता रोकेपछि पत्रकार गुहारे

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १४

     सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला अस्पतालले कोविड १९ को  बेला करारमा भर्ना भइ काम गर्दै  आएका कर्मचारीहरु सरकारले दिन भनि पठाएको जोखिम प्रोत्साहन भत्ता तथा नदिएको गुनासो लिएर पत्रकार समक्ष पुगेका छन् । 

     करारमा भर्ना भएका एच.ए, सि.एम.ए,कार्यालय सहयोगी तथा सफाइ कर्मचारीहरु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर  संजिव सिहंले कोरोना माहमारी जस्तो विषम परिस्थितीमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेको अवस्थामा पनि नियमपूर्वक  आफुहरुले पाउनुपर्ने मासिक तलब समेत दिन चासो नदेखाएको गुनासो गरेका छन् । रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षातकार  कार्यक्रममा बोल्दै उनीहरूले यस्तो गुनासो गरेका हुन ।जिल्ला अस्पतालले ४५ जना कर्मचारीहरुको तलबसहित जोखिम भाता उपलब्ध नगराएको चन्द्रनगर गाउँपालिका ,मोहनपुरका पिडित कर्मचारी  उमेश ठाकुरले बताए ।

     कोरोना कालमा इमानदारीपूर्वक  जोखिम मोलेर काम गरेर देखाए बाबजुद  पटकपटक ताकेता गरिसक्दा समेत मेसु सिंहले वास्ता नगरेको  पीडित कर्मचारी  खुशबु झाले भने ।  यस्तै करारमा भर्ना भइ अस्पताल तथा आइसोलेसनको सरसफाइको  काम गरेका डोम समुदायका सफाइकर्मी कर्मचारीहरुको  पनि ५ महिनाको तलब भाता रोकिएको कार्यक्रममा सहभागी अनिल महतोले बताए ।  

   ५ महिना लामो समयदेखि तलब नपाउँदा कोठा भाडा समेत  तिर्न समस्या  भएको कार्यक्रममा सहभागी अर्का  पिडित विक्की गुप्ताले दुखेसो पोखे ।उनले यस विषयमा  प्रदेश सरकारको समेत  ध्यानाकर्षण गराइसकेको तर उताबाट पनि कुनै किसिमको सुनवाइ नभएको गुनासो गरे। कोरोना जस्तो विषम परिस्थितिमा दिनरात नभनी अस्पतालले दिएको काममा इमानदारीपूर्वक  खटिए पनि मेसु सिंहले आफुहरुको  मनोबल बढाउनुको सट्टा   `तिमीहरूको तलब भत्ता म आफ्नो खेत बेचेर दिउँ ´ भन्ने खालका अभिव्यक्ति दिएर  मनोबल गिराउने काम मात्र गर्दै  आएको पिडितहरुले पत्रकारहरु सँग दुखेसो पोखेका छन्। 

      कार्यक्रमको अध्यक्षता गर्नुभएका  रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव शाहले  आफ्नो टिम पिडित कर्मचारीहरुको तलब भत्ता उपलब्ध नभए सम्म अस्पताल प्रशासन  र प्रदेश सरकार सँग निरन्तर फलोअप गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन्  ।

     क्लबको मलंगवा स्थित आफ्नै साक्षातकार कक्षमा आयोजना भएको कार्यक्रममा पत्रकारसहित सर्लाही अस्पतालमा करार सेवामा कार्यरत पिडित कर्मचारीहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment