Saturday, December 5, 2020

बजारमा न्यानो कपडाको व्यापार बढ्यो

 





अजिता चौधरी ----

सर्लाही ,मंसिर २०

      चिसो बढेसँगै सर्लाही जिल्ला भरका बजारहरुमा न्यानो कपडाको व्यापार बढेको छ । विस्तारै चिसो बढ्दै गएसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । 

    कपडा पसलमा सबैभन्दा बढी  ज्याकेटको र त्यसपछि उनी कपडा ,मोटो कपडा, टोपीको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण यसको माग बढेको रेडिमेड कपडाका व्यापारी राजिब साहले बताए । जिल्लाको सदरमुकाम मलंगवासहित लालबन्दी ,हरिवन, बरहथवा,बयलबास लगायतका मुख्य  बजारमा न्यानो कपडा किन्नेको भीड बढेको छ ।ग्राहकहरुको अत्यधिक भिडका कारण यतिबेला व्यापारीहरुलाई  भ्याइनभ्याई छ । 

      कोरोनाका कारण ठप्प रहेको व्यापार  अहिले केही फस्टाएको भन्दै व्यापारीहरु खुसी छन्। 

     केही दिनदेखि लगातार तापक्रम घट्दै गएको छ। तापक्रम गिरावट भएपछि सर्वसाधारणले चिसो बढेको महसुस गरेका छन् ।डोल्पा, जुम्ला, मुगु, मुस्ताङ, गोरखा, हुम्ला, मनाङ, रसुवा, धादिङ, दोलखा, सोलुखुम्बु र ताप्लेजुङलगायत उच्च हिमाली जिल्लाहरूमा हिमपात  पनि सुरु भइसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

 









No comments:

Post a Comment