खेल्ने क्रममा करेन्ट लागेर बालिका घाइते
रुना धामी---
सर्लाही ,पुस ७
सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-६ गोहियाहीमा सोमबार करेन्ट लागेर एक बालिका घाइते भएका छन् ।
घाइते हुनेमा गोहियाही बस्ने गणेश राय यादवकी १२ वर्षीया छोरी नेहा कुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उक्त बालिका स्थानीय हजारी रायको एकतल्ले पक्की घरको छतमा खेल्ने क्रममा छत भन्दा ४ फिट माथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेको जिप्रका सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताउनुभयो ।
शरिर पछाडी ढाँडमा जलेर घाइते भएकी बालिकाको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गराइ थप उपचारको लागि काठमाडौ रेफर गरिएको प्रवक्ता कुवँरले जानकारी दिनुभएको छ ।
God bless you
ReplyDeleteGod bless you
ReplyDelete