Saturday, December 19, 2020

सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा एकको मृत्यु, एक जना घाईते




राजिब साह---   

सर्लाही ,पुस ४

       सर्लाहीको बलरा नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    शुक्रवार राती  बलरा नगरपालिका वडा न–१ स्थित भित्री सडक खण्डमा हथियौलबाट सेढवातर्फ जाँदै गरेको ना. ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको BR30 Z 7148 नम्बरको मोटरसाईकल एकआपसको ठोक्किएर  भएको दुर्घटनामा मोटरसाईकल चालक बलरा नगरपालिका वडा न–१ सेढवा बस्ने  नारायण सिंहका  छोरा १७ वर्षिय अंकित सिंहको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका सिहंलाई तत्काल उपचारको लागि रौतहट जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

      सोही दुर्घटनामा मोटरसाईकल पछाडी सवार एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बलरा नगरपालिका वडा न- १ बस्ने  १७ वर्षीय राजिव सहनी रहेको प्रहरी प्रवक्ता कुवँरले जनाएको छ । उनको अहिले गौर स्थित असपतालमा उपचार भइरहेको  जनाइएको छ ।

     दुर्घटना भए लगतैै फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment