Wednesday, December 16, 2020

हुलाकी राजमार्गको निर्माण तथा नेपाल भारत सिमानाका खोल्नुपर्ने माग राखेर आज सर्लाही जिल्ला बन्द

 


मनोज यादव----

सर्लाही ,पुस १ 

     हुलाकी राजमार्गको गुणस्तरीय निर्माण तथा  नेपाल भारत बन्द  सिमानाका खोल्नुपर्ने  माग राखेर आज सर्लाही जिल्ला बन्द गरिएको छ ।

  पुर्व निर्धारित कार्यक्रम अनुसार आज(बुधबार ) सर्लाही जिल्ला  पुर्ण रुपले बन्द गरिएको  सर्वपंक्षिय सघर्ष समिति सर्लाहीका संयोजक  मेथुर चौघरीले जनाएको छ ।

    बन्दको समयावधि भर जिल्लाभरीका सम्पूर्ण हाटबजार,पसल,प्रतिष्ठान ,सरकारी कार्यालय ,बैंक तथा वित्तीय संस्था र यातायात बन्द रहने संयोजक चौधरीले बताए ।आज बिहानैदेखि पसलहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि चलेका छैनन् ।

     संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुुलुस निकाली हिजो ३० गते सदरमुकाम मलंगवा बजार बन्द गरेका थिए ।

      राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण गर्न सरकारले वेवास्ता गरेको बताउँदै चालु आर्थिक वर्षमै हुलाकी राजमार्गको निर्माण हुनुपर्ने तथा विगत ९ महिनादेखि बन्द रहेको  नेपाल–भारत सीमानाका  तुरुन्त खोल्नुपर्ने प्रमुख मागहरु सहित सर्वपंक्षिय सघर्ष समिति सर्लाही लगातार  धर्नामा बस्दै आएका छन् ।माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने समितिले बताएको छ ।



No comments:

Post a Comment