कविलासी नगरपालिकाका विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी
राजिव साह---
सर्लाहीको कबिलासी नगरपालिका-७ स्थित श्री जनता माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आइतवार तालाबन्दी गरि पठनपाठन अवरुद्ध पारेका छन् ।विषयगत शिक्षकको पदपूर्ति तथा राहत सामाग्री उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राखेर बिद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरु आइतवार बिहान विद्यालयको मुख्य गेटमा तालाबन्दी गरि शिक्षकहरुलाई विधालय भित्र प्रवेशमा रोक लगाएका छन् । विद्यालयको विकास र अवस्था सुधारको लागी चासो नदेखाएकोले अध्यन अध्यापनमा समस्या हुने गरेको स्थानीय अविभावक रबि शंकर ठाकुरले बताए । शिक्षकले आफुहरुक कोर्स समयमा पूरा नगरिदिँदा परिक्षाको बेला निकै समस्या हुने गरेको कक्षा १० की छात्रा सुनिता साहले गुनासो गरिन् ।
नगरपालिकाले समेत शिक्षक पदपूर्तिमा राजनीति गर्न खोजेको अविभावकहरुले आरोप लागाएका छन् ।
प्रअ हेम नारायण झाले भने बिधालयमा शिक्षकको पदपूर्तिको लागि नगरपालिका सँग माग गरे पनि अहिले सम्म आफ्नो इच्छा अनुसारको दरबन्दी शिक्षक पठाउन नसकेको बताए । तर विद्यालय र स्थानीयले राहत कोटामा शिक्षकको माग गरेका छन् ।
No comments:
Post a Comment