Thursday, December 17, 2020

सर्लाहीकै सबैभन्दा ठूलो प्लाईउड कम्पनीमा भिषण आगलागी ,एक करोड भन्दा बढी क्षति

  


लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २

     सर्लाही सदरमुकाम मलंंगवा नगरपालिका  वडा न-४ शिवसागर चौक स्थित सर्लाही क्याम्पस अगाडी रहेको जय बजरंग प्लाइउड कम्पनीमा बुधबार राति भिषण आगलागी  भएकाे छ ।आगलागीबाट एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कम्पनीका संचालक विकास गोयललाई  उद्रित गर्दै  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

      जिल्लाकै सबभन्दा ठुलाे उक्त प्लाईउड कम्पनीको गोदाममा  बुधबार राति ७ बजे अचानक बिधुत सर्ट भएर आगलागी सुरु भएको थियो ।  अागलागीबाट ४० लाख पर्ने ड्रायर मेसिन,१० लाख पर्ने २० वटा एसिड कन्टेनर तथा   ५० लाखका अन्य कच्चा पदार्थ र प्लाईहरु जलेर नष्ट भएकाे संचालक गाेयलले जानकारी दिए । 

      आगलागी सुरु भएको खबर पाउनासाथ जिप्रका मलंगवाबाट डिएसपी मदन कुवँरको कमान्डमा ६५ जना प्रहरी ,सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठको कमाण्डमा ६५ जना सशस्त्र प्रहरी र नेपाली सेनाको उपसेनानी मोहन सलामीको कमान्डमा ४० जना सेनाको टोली गई दमकल,पानी ट्यांकी , पम्पिसेट र स्थानीयबासीहरुको सहयोगमा राती १२ बजे सम्ममा अागलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

    थप क्षतिको विवरण आउन बाँकी रहेको र बुझ्ने कार्य भइरहेको जिप्रका सर्लाहीका प्रवक्ता तथा डिएसपी मदन कुवँरले बताए ।


No comments:

Post a Comment