Wednesday, December 9, 2020

विद्युत प्राधिकरण बरहथवाका कर्मचारी ८ हजार घुससहित अख्तियारको नियन्त्रणमा

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,मंसिर २४

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाका एकजना कर्मचारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ हजार रुपैयाँ घुससहित  नियन्त्रणमा लिएको छ ।

   महोत्तरीको बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालयबाट खटिएको टोलीले सर्लाहीको बरहथवा स्थित वितरण केन्द्रमा  कार्यरत मनोज कुमार पाण्डेलाई बुधबार नियन्त्रणमा लिएको हो ।  विद्युत मिटरको क्षमता वृद्धिका लागि सेवाग्राहीसँग घुस  रकम लिएको भन्दै पाण्डेलाई उक्त रकम सहित बरहथवा नगरपालिका वडा न –६ स्थित नेपाल बैंक चौकबाट पक्राउ गरेको  अख्तियारले जनाएको छ ।उनी तेस्रो तहका कर्मचारी हुन ।

    पाण्डेलाई थप कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं स्थित टंगाल पठाइने अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।


No comments:

Post a Comment