Saturday, December 5, 2020

मलंगवा रोडमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दियो



लोकतन्त्र सामाचारदाता----
सर्लाही ,मंसिर २०
     सर्लाहीको लालबन्दी नगरपालिका -२,जुटपानीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।
     शुक्रवार दिउँसो नवलपुरबाट सदरमुकाम मलंगवा तर्फ जाँदै गरेको ज १ च १७५५ नम्बरको स्कारपियोले सोही दिशातर्फ जाँदै गरेको ना ३२ प १७३१ नम्बरको मोटरसाइकललाई जुटपानीमा ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नपा-५ बस्ने वर्ष ४७ को श्रीनाथ महतो घाइते भएका छन् ।हात र खुट्टामा चोट लागेर घाइते भएका महतोको उपचार मोडेल अस्पताल नवलपुरमा भइरहेको छ।
    दुर्घटनामा संलग्न दुबै सवारीसाधन र स्कारपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

No comments:

Post a Comment