Saturday, December 5, 2020

मलंगवामा स्थानीय तहमा लैंगिक समानता तथा लैंगिक मैत्री बजेटको आवश्यक्ता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

 


लोकतन्त्र समाचारदाता---    

सर्लाही ,मंसिर १९

   सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय तहमा लैंगिक समानतामुखी निति ,रणनीति कार्यक्रम तथा लैंगिक मैत्री बजेटको आवश्यक्ता सम्बन्धि  एकदिने अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको छ । महिला पुनस्थार्पना केन्द्र (ओरेक)ले सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल  गरि कार्यक्रम  सम्पन्न गरेको हो ।


    मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा उपमेयर शान्ती सबनम मिकरानीको विशिष्ट  आतिथ्यतामा सुक्रवार मलंगवा वडा न-८ स्थित कुसुम पार्टी पैलेसको सभाहलमा सम्पन्न भएको कार्यक्रममा लैंगिक समानताको लागि राज्यको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय दायित्व ,प्रतिबद्धता ,आर्थिक सामाजिक ,सामाजिक न्याय ,लैंगिक समानताको अवधारणा ,नेपालको संविधानमा उल्लेख गरिएको समानताको सिद्धान्त ,मौलिक हक तथा मानवअधिकारको विश्वव्यापी घोषणापत्रको बारेमा  सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया गरिएको संस्थाकी मनोविमर्शकर्ता दिवानी घिमिरेले जानकारी दिए ।


   मलंगवा नगरपालिका कार्यपालिकाका सदस्य ,कर्मचारी तथा सरोकारवालाहरुको सहभागीता रहेको  कार्यक्रममा ओरेकका संचिता न्यउपाने ,सबिता पोखरेल र संतोष कर्णले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको कार्यक्रम अधिकृत ज्योती तिवारीले  बताए । 



No comments:

Post a Comment