Sunday, December 6, 2020

पिपरियामा धानको कुन्यु र परालको टालमा आगो लाग्दा लाखौंको क्षति




लोकतन्त्र समाचारदाता-----
सर्लाही , मंसिर २१
      सर्लाहीको कबिलासी नगरपालिका वडा न–२ पिपरियामा  मंसिरको धान काटेर राखिएको कुन्यु र परालको टौवा(टाल) आगालागी भएको छ ।पिपरिया स्थित गाउँ बस्ती भन्दा ५०० मिटर पुर्व नहरमा राखिएको धानको कुन्यु र परालको टालमा आगलागी भएको हो ।
    आगलागीबाट स्थानीय जकिरा साहको २ सय मन धान जलेर २ लाख ,बिकाउ रामको ३० मन धान जलेर ३० हजार ,सुरेन्द्र साहको ५ मन धान जलेर ५ हजार ,मिठु रामको पराल जलेर ७ हजार,बसचित रामको पराल जलेर ७ हजार र बिजय सिंहको पराल जलेर ५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।
   सनिवार राती २ बजे तिर अचानक भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा पौने ४ बजे पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।


No comments:

Post a Comment