Saturday, December 5, 2020

आगलागीबाट ४ लाखको क्षति

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर १९

 सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहिवार राती एक घरमा आगलागी भएको छ ।

    चक्रघट्टा गापा  वडा न-१ पडरिया स्थित  स्थानीय रामचन्द्र मण्डलको फुसले छाएको बाँसको टाटी भएको घरमा अचानक आगलागी हुँदा  घर भित्र रहेको अन्नपात, लत्ताकपडा र भाँडाबर्तन ,कागजपत्र ,छोरीको विवाहको लागि राखेको नगद रु  १लाख ,सुनचाँदीका गरगहना र घर समेत गरि अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको  प्रहरीले जनाएको छ ।

  साढे १  बजे तिर सुरु भएको आगलागी स्थानीय र प्रहरीहरु मिलेर करिब आधा घण्टा भित्र  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


No comments:

Post a Comment