मनोज यादव----
सर्लाही ,पुस १
हुलाकी राजमार्गको गुणस्तरीय निर्माण तथा नेपाल भारत बन्द सिमानाका खोल्नुपर्ने माग राखेर आज सर्लाही जिल्ला बन्द गरिएको छ ।
पुर्व निर्धारित कार्यक्रम अनुसार आज(बुधबार ) सर्लाही जिल्ला पुर्ण रुपले बन्द गरिएको सर्वपंक्षिय सघर्ष समिति सर्लाहीका संयोजक मेथुर चौघरीले जनाएको छ ।
बन्दको समयावधि भर जिल्लाभरीका सम्पूर्ण हाटबजार,पसल,प्रतिष्ठान ,सरकारी कार्यालय ,बैंक तथा वित्तीय संस्था र यातायात बन्द रहने संयोजक चौधरीले बताए ।आज बिहानैदेखि पसलहरु बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पनि चलेका छैनन् ।
संघर्ष समितिले मंसिर २९ गते साँझ मसाल जुुलुस निकाली हिजो ३० गते सदरमुकाम मलंगवा बजार बन्द गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण गर्न सरकारले वेवास्ता गरेको बताउँदै चालु आर्थिक वर्षमै हुलाकी राजमार्गको निर्माण हुनुपर्ने तथा विगत ९ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका तुरुन्त खोल्नुपर्ने प्रमुख मागहरु सहित सर्वपंक्षिय सघर्ष समिति सर्लाही लगातार धर्नामा बस्दै आएका छन् ।माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने समितिले बताएको छ ।
No comments:
Post a Comment