Tuesday, December 22, 2020

सर्लाहीको मलंगवा र बागमती नगरपालिकामा आगलागी ,५ लाख बढीको क्षति

 


लोकतन्त्र समाचारदाता---- 

सर्लाही ,पुस ७

     सर्लाहीको सदरमुकाम मलंगवा र बागमती नगरपालिकामा सोमबार आगलागी  हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ ।

    मलंगवा नगरपालिका वडा न-३ बस्ने स्थानीय रामबाबु साहको गोठमा सोमबार राति अचानक आगलागी हुँदा गोठ र पराल पुर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।सोही आगो सल्किएर छेउमै रहेको प्रकाश रायको पराल समेत जलेर नष्ट हुँदा अन्दाजी १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    यसैगरी सोही दिन बेलुका ३ बजेको समयमा बागमती नगरपालिका वडा न-१ धापडाँडा बस्ने स्थानीय अवधेश जिम्बाको घरमा आगलागी हुँदा घरसहित भित्रको सम्पुर्ण सरसामान जलेर पुर्णरुपमा नष्ट हुँदा अन्दाजी ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    दुबै ठाउँको आगलागीमा कुनैपनि किसिमको मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

   


No comments:

Post a Comment