Wednesday, December 16, 2020

१२ मिटर भन्दा बढी चौडा सडक बनाएमा मलंगवाको सबै संरचना ध्वस्त हुने सरोकारवालाहरुको चेतावनी

 



रुना धामी-----

सर्लाही ,पुस १ 

    सदरमुकाम  मलंगवा नगरपालिका क्षेत्र भित्रका सडक  १२ मिटर भन्दा बढी नबढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।  बुधबार रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले आयोजना गरेको साक्षातकार कार्यक्रममा उहाँहरुले यस्तो सुझाव दिएका हुन ।

     कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा मेयर पदका प्रत्यासी नागेश्वर रायले मलंगवा नपा-१० बाबा स्वामीको मठ(मुर्ली पोखरी)देखि वडा न-२ र ८ अन्तर्गत पर्ने  विधुत्त प्राधिकरण कार्यालय  (राजश्री सिनेमा )सम्मको सडक छेउछाउ ठुलाठूला भौतिक संरचनाहरु बनिसकेको र त्यसलाई भत्काउन पनि नमिल्ने भएकोले १२ मिटर भन्दा बढी चौडाइको सडक नबाउन सुझाव दिए ।

   सोही कार्यक्रममा बोल्दै मलंगवा चेम्बरका अध्यक्ष अमित कुमार अग्रवालले २०५४ सालमा मलंगवालाई बजार क्षेत्र घोषणा गरेपछि  १२ मिटरमा सडक बनाउन बिचमा परेका संरचनाहरु भत्काएर  पिचिङ्ग गरेको तर कम गुणस्तर भएका कारण उक्त पिच केही दिनमै भत्किएको जानकारी गराउँनुभयो ।२०६७ सालमा फेरी यसलाई नवलपुर-मलंगवा सडक खण्डको आयोजनामा पारियो तर हालसम्म पनि यसको निर्माणकार्य गरिएन उहाँले बताउनुभयो ।उहाँले १२ मिटर भन्दा बढी जमिन लिएर सडक बनाएको खण्डमा मलंगवा बजारको स्वरुप ध्वस्त भइ सर्वनास हुने सम्भावना ब्यक्त गर्नुभयो ।

   नागरिक समाजका अध्यक्ष उग्रकांत झाले पनि राय र अग्रवालले दिएको सुझाव प्रति समर्थन जनाएका छन् ।

     कार्यक्रम क्लबका  सर्लाही शाखा सचिव राजिव साहको अध्यक्षतामा सम्पन्न भएको छ ।

No comments:

Post a Comment