Wednesday, December 30, 2020

सर्लाहीमा विधुत सर्ट भएर पसलमा आगलागी / साढे १२ लाखको क्षति



लोकतन्त्र समाचारदात----

सर्लाही ,पुस १५

      सोमबार सर्लाहीको पर्सा गाउँपालिका र लालबन्दी नगरपालिकामा विधुत  सर्ट भएर आगलागी हुँदा दुईवटा पसल जलेर नष्ट भएको छ। आगलागीबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

    नेपाल भारत सिमावर्ती पर्सा गापा वडा न-३ बस्ने स्थानीय विरेन्द्र पंडितको पक्की घरमा भाडा लिइ कपडा सिलाउने पसल (टेलर)संचालन गर्दै आएका सोही ठाउँ बस्ने दयाराम साहको पसलमा करिब १ बजेको समयमा अचानक विधुत सर्ट भएर आगलागी भएको हो ।मंगलबार बिहान पौने ९ बजे पसल खोल्न जाँदा आगलागीको बारेमा थाहा पाए पछि पसल साहु साहले प्रहरी चौकी नारायणपुरलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी मदन कुवँरले बताए। आगलागीबाट पसलमा रहेको कपडा,४ वटा सिलाइ मसिन,१ थान टिभी र काठको दराजसमेत जलेर नष्ट हुँदा अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रवक्ता कुवँरले जानकारी दिए ।

     यस्तै जिल्लाको लालबन्दी नगरपालिका वडा न-१ गोरु बजार स्थित स्थानीय राजेन्द्र कुमार सिंहले संचालन गरेको किराना पसलमा पुजा गर्न बनाएको सानो मन्दिरमा बालेको बत्तीको तारमा  मंगलबार बिहान करिब ५ बजे अचानक आगलागी हुँदा पसलमा राखिएका सम्पूर्ण किरानाका सरसामानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

   दुबै ठाउँमा भएको आगलागी प्रहरी टोलीले स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिएका थिए । 


No comments:

Post a Comment